Dhulikhel Eco Banner new

नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्यो

3.32K
shares

काठमाडौं, १६ असार । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।

आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ७०, विकास बैङ्क शून्य दशमलव ८०, होटल तथा पर्यटन शून्य दशमलव ४०, जलविद्युत् एक दशमलव ०६ र लगानी समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।

त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ४५, लघुवित्त एक दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव ३१ र अन्य समूह शून्य दशमलव ९५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार एक सय ५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार दुई सय १० कित्ता शेयर किनबेच भएको छ ।