Dhulikhel Eco Banner new

तोलामा एक सय रुपैयाले बढ्यो सुनको मुल्य

4.23K
shares

काठमाडौं, १८ असार । स्थानीय बजारमा मङगलबार पहेलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङगलबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

सोमबार तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा मङगलबार तोलामा १ सय बढेर १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै मङगलबार चाँदीको पनि मूल्य पनि बढेको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चाँदीको मुल्य १५ रुपैयाले मूल्य बढेर मङगलबार १ हजार ८०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।