Dhulikhel Eco Banner new

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

4.72K
shares

काठमाडौं, २० असार । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ।

समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ ।

उनले भने– “उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख संकलन गर्ने लक्ष्य रहेकामा ११ लाख मात्र उठेको छ ।” आर्थिक वर्ष २०८१/८२ मा पालिकाले  १८ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट पाँच करोड एक लाख ४४ हजार बेरुजु देखिएको छ ।