प्राइम कमर्सियल बैंक को ऋणपत्र निष्काशनको लागि निष्काशन तथा विक्रि प्रबन्धक र डिबेञ्चर ट्रष्टी नियुक्ति
वि.सं.२०८१ असार २७ बिहीवार १८:५९
shares

काठमाडौं, २७ असार । प्राइम कमर्सियल बैंक लिमिटेडले १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% प्राइम डिबेञ्चर २०९१” नामक प्रति ऋणपत्र अंकित मुल्य १ हजार दरको ३० लाख कित्ताले हुने रकम ३ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवर ( प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।
उक्त क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।















