Dhulikhel Eco Banner new

‘राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद’

3.65K
shares

काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिराले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवं उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २० बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुअघि उक्त कुरा बताए ।

प्रधानमन्त्रीले उक्त प्रस्ताव परेपछि आजै त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।