नेपाल लाइफ इन्स्योरेन्सको बढ्यो खुद नाफा
वि.सं.२०८१ साउन २९ मंगलवार १०:१०
shares

काठमाडौं, २९ साउन । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।
अघिल्लो आर्थिक वर्षको इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.८१ प्रतिशत बढी हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १२.६५ प्रतिशत बढेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेको छ।















