Dhulikhel Eco Banner new

राष्ट्र बैंकले यस वर्षको दशैदेखि नयाँ नोट वितरण नगर्ने

2.57K
shares

काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैदेखि नयाँ नोट वितरण नगर्ने भएको छ।

वार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोट खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण यो बर्षको दशैदेखि राष्ट्र बैंकले नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट वितरण नगर्ने बताएका छन् । उनका अनुसार ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौं ।’

उनले भने ‘हामीसगँ अहिले चलीरहेको पुरानो नोटको मिति अगाडी नै नँया नोट वितरण गर्दा नँया नोटलाई नै प्राथमिकता दिने भएकाले ति पुरानो नोटलाई सदुपयोग गर्नका लागि नँया नोट नभई सफा नोट वितरण गर्ने भएको हो ।’

राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । उक्त योजना यस पटकको दशैंबाट लागू गरिने भएको हो ।