Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

3.07K
shares

काठमाडौं, २० भदौ । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो ।

बुधबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बिहीबार पनि तोलामा १ लाख ५२ हजारमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाले बढेको छ । बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ७ सय ६५ रुपैयाँमा कायम भएको छ ।