Dhulikhel Eco Banner new

सीईडीबी हाइड्रोपावरको ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन

3.02K
shares

काठमाडौं, ३० भदौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस शेयर घोषणा गरेको छ । कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गरेपश्चात कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

असोज २१ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । असोज ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज ६ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले बोनस सेयर र साधारणसभामा भाग लिन पाउनेछन् ।