Dhulikhel Eco Banner new

एक महिनामा विकास बैंकहरुले कमाए ८५ करोड ३८ लाख खुद नाफा

2.65K
shares

काठमाडौ, १ असोज । विकास बैंकहरुले एक महिनामा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा  नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउन महिनामा सर्वाधिक नाफा कमाउने बैंकमा साइन रेसुङ्गा बैंकको पहिलो स्थानमा रहेको छ । उक्त बैंकले २० करोड २० लाख रुपैयाँ नाफा कमाएको छ भने सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । उक्त बैंकको १६ करोड ९६ लाख रुपैयाँ कमाएको छ ।

गरिमा विकास बैंकको १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ भने चौथो नम्बरमा गरिमा विकास बैंकको ९ करोड ४६ लाख रुपैयाँ कमाएको छ । कामना सेवा विकास बैंकको ८ करोड ५८ लाख , ज्योति विकास बैंकको ८ करोड ३७ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको ६ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनी विकास बैंकको नाफा  घटेको छ । गत साउनमा ७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष साउनमा ३ करोड ६१ लाख रुपैयाँ मात्र कमाएको छ ।

यी बाहेकका अन्य ६ वटा विकास बैंक भने नोक्सानीमै छन् । साउनमा सबैभन्दा धेरे नोक्सानी एक्सेल डेभलपमेन्ट बैंकले व्यहोरेको छ । बैंक ६ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ८६ लाख, सप्तकोशी ५४ लाख, नारायणी ५१ लाख, कर्णाली, ४८ लाख र मितेरी डेभलपमेन्ट बैंक २२ लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् ।