Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य घट्यो

2.5K
shares

काठमाडौं, १ असोज । स्थानीय बजारमा मंगलबार पहेलो धातुुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा १ लाख ५७ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार ६ सयले घटेर १ लाख ५६ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९ सय १५  रुपैयाँमा कारोबार भएको चाँदी घटेर १ हजार ९ सय ५ रुपैयाँ कायम भएको छ ।