गरिमा विकास बैंकको डेप्युटी सीईओमा अनिल रेग्मी नियुक्त
वि.सं.२०८१ असोज १ मंगलवार १०:५०
shares

काठमाडौं, १ असोज । गरिमा विकास बैंकको डेप्युटी सीईओमा अनिल रेग्मी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले २०८० चैत १५ गतेदेखि कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।
रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।

















