गर्मीलाई लक्षित गर्दै दराजको ‘५.५ बिग समर सेल’ घोषणा
वि.सं.२०८३ वैशाख २१ सोमवार १२:३४
shares

काठमाडौं, २१ वैशाख । दराज नेपालले गर्मीयामलाई लक्षित गर्दै ‘५.५ बिग समर सेल’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त सेल वैशाख २१ गते बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ।
सेल अवधिभर ग्राहकहरूले ८० प्रतिशतसम्म छुट, छनोट गरिएका सामग्रीमा निःशुल्क होम डेलिभरी तथा कुल ५५ लाख रुपैयाँ बराबरका भौचर प्राप्त गर्न सक्नेछन्। दराजले यसलाई गर्मीका लागि विशेष किनमेल अवसरको रूपमा प्रस्तुत गरेको छ।
यसपटकको सेलमा विभिन्न ब्रान्डहरूसँगको सहकार्यमा थप आकर्षक अफरहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ। प्लाटिनम, गोल्ड र सिल्भर पार्टनरमार्फत विभिन्न उत्पादनहरूमा १५ प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ। साथै भक्भधब प्रयोगकर्ताका लागि ‘रश आवर’ विशेष अफरहरू पनि रहनेछन्।
ग्राहकको विश्वास बढाउन दराजले “बेस्ट प्राइस” ट्याग भएका उत्पादनमा २ गुणा मूल्य अन्तर फिर्ता ९प्राइस डिफरेन्स रिफन्ड० दिने व्यवस्था पनि गरेको जनाएको छ। यदि ग्राहकले सोही वस्तु अन्य अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा भेटेमा सर्तअनुसार मूल्य अन्तरको दोब्बर रकम फिर्ता गरिनेछ।
फेशन, स्वास्थ्य तथा सौन्दर्य, इलेक्ट्रोनिक्स, गृह सजावट, फर्निचर लगायत विभिन्न क्याटेगोरीमा उपलब्ध अफरहरूले ग्राहकलाई घरमै बसेर सजिलै किनमेल गर्न सकिने कम्पनीको विश्वास छ। दराजले यस गर्मीमा सहज, सुलभ र लाभदायक किनमेल अनुभव प्रदान गर्ने दाबी गरेको छ।

















