प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख २१ सोमवार ११:०२
949
shares
shares

काठमाडौं, २१ वैशाख । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य ३ सयले घटेको हो ।
महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९५ हजार १ सयमा कारोबार भएको सुन सोमवार घटेर प्रतितोला २ लाख ९४ हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी, सोमवार चाँदीको मूल्य भने २० रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ५ हजार १० रुपैयाँमा कायम भएको चाँदी सोमवार ५ हजार ३० रुपैयाँमा कायम भएको हो ।


















