Dhulikhel Eco Banner new

अर्थमन्त्रीलाई छलफलमा बोलाउने अर्थसमितिको निर्णय

988
shares

काठमाडौं, १४ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई संसदीय समितिले छलफलका लागि बोलाउने भएको छ । प्रतिनिधि सभाको अर्थसमितिले आगामी बैठकमा अर्थमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

सचिव अर्यालका अनुसार आगामी बैठकमा अर्थमन्त्री बोलाएर मुलतः २ वटा एजेण्डामा छलफल हुनेछन् । अहिले सरकार बजेटको तयारीमा लागेको छ । आगामी बैठकमा मुलुकको वर्तमान अर्थतन्त्रको अवस्था र बजेटका सन्दर्भमा छलफल हुने समिति सचिव अर्यालले जानकारी दिए ।