Dhulikhel Eco Banner new

अर्थसमितिले ५ उप–समिति बनाउने, संयोजकको टुंगो अर्को बैठकमा

650
shares

काठमाडौं, १४ वैशाख । प्रतिनिधि सभाको अर्थ समितिले ५ वटा विषयगत समिति बनाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सहभापति डा कृष्णहरी बुढाथोकीले समितिको नाम प्रस्ताव गरेका हुन् ।

अर्थ समितिको कार्यक्षेत्रमा पर्ने विषयहरुको अध्ययन गरी काम कारबाहीलाई प्रभावकारी बनाउन भन्दै उपसमिति प्रस्ताव गरिएको थियो । यद्यपि बैठकले संयोजक र सदस्यको नाम भने टुंगाउन सकेन । समितिका सचिव लक्ष्मण अर्यालले नाम प्रस्ताव भएपनि समितिको टुंगो अर्को बैठकले गर्ने केटिएम भ्वाइसलाई जानकारी दिए ।

‘नाम प्रस्ताव भएर माननीयज्यूहरुको राय सुझाव पनि लिइएको छ’ सचिव अर्यालले भने, ‘बैठकको समितिको संयोजक र सदस्यका सन्दर्भमा अर्को बैठकबाट निर्णय हुनेछ ।’