सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख १४ सोमवार १५:१४
shares

काठमाडौं, १४ वैशाख । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.७३ अंकले बढेर २,७९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा निफ्रा ग्रिन इनर्जी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.०१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी माईखोला हाइड्रोपावरका लगानीकर्ताले १०.०१ प्रतिशतका दरले कमाएका छन् भने ग्लोबल आइएमई बैंकको ऋणपत्रका लगानीकर्ताले लगानीकर्ताले ५.९० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ४.८० प्रतिशतका दरले गुमाएका छन् भने सुर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ३.९८ प्रतिशतका दरले गुमाएका छन् ।


















