Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने

1.05K
shares

काठमाडौं, १४ वैशाख । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आगामी बुधबार, बैशाख १६ गते बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सो दिन बिहान आईपीओ बाँडफाँडको तयारी गरिएको छ।

कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा २९ लाख १४ हजार ४४३ जनाबाट आवेदन परेको थियो, जसले गर्दा मागभन्दा निकै बढी आवेदन परेको देखिएको छ।

धितोपत्र बाँडफाँट निर्देशिका अनुसार अब शेयर गोलाप्रथाबाट वितरण गरिनेछ। कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी करिब २५ लाख ६६ हजार आवेदकले शेयर नपाउने निश्चितजस्तै भएको छ।