गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ
वि.सं.२०८३ वैशाख ८ मंगलवार १६:४८
1.82K
shares
shares

काठमाडौं, ८ वैशाख । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई इमाडोलबाट पक्राउ गरिएको हो।
सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार सहकारीमा संलग्न आर्थिक अनियमितताबारे उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। सोही क्रममा प्रमाणका आधारमा पाठकलाई पक्राउ गरिएको बताइएको छ।



















