शेयर बजारमा २१५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:०७
shares

काठमाडौं, ८ वैशाख । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १७.९१ अंकले घटेर २,८०७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको डोल्टी पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सोलु हाइड्रोपावरका लगानीकर्ताले ५.७७ प्रतिशतका दरले कमाएका छन् भने मेगा म्युचुअल फन्डका लगानीकर्ताले लगानीकर्ताले ४.८५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.७८ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ४.२२ प्रतिशतका दरले गुमाएका छन् ।



















