Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ७७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

819
shares

काठमाडौं, ८ वैशाख । शेयर बजारमा ५ अर्ब ७७ करोडको कारोबार हुँदा सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३७ करोड ७ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको ३० करोड १९ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको २३ करोड ४१ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी होटल फरेस्ट इनको २२ करोड २३ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको १८ करोड ८ लाख रुपैयाँ कारोबार भएको छ ।