यस्ता छन् सरकारले आज गरेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय
वि.सं.२०८३ वैशाख ८ मंगलवार १७:२१
shares

काठमाडौं, ८ वैशाख । सरकारले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकबाट महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले वित्तीय क्षेत्रदेखि निर्वाचन कानुनसम्मका विषयमा आवश्यक कदम अघि बढाएको छ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्य रहनेछन्।
त्यसैगरी, नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न सरकारलाई स्वीकृति दिइएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र मतदाता नामावली ऐन, २०७३ संशोधनका विधेयकहरू पनि संसद्मा लैजाने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नेतृत्वसमेत परिवर्तन गरेको छ। समितिको अध्यक्षमा डिल्लिराज आचार्य नियुक्त भएका छन् भने सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्य मनोनयन गरिएको छ।



















