Dhulikhel Eco Banner new

एक दशकयता ह्वात्तै घट्यो वैदेशिक अनुदान

702
shares

काठमाडौं, १४ वैशाख । अर्थ मन्त्रालय ले पछिल्लो एक दशकमा वैदेशिक सहायतामा ऋणको हिस्सा उल्लेख्य रूपमा बढ्दै गएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको अर्थतन्त्रको वर्तमान स्थितिपत्र अनुसार वैदेशिक सहायता परिचालनको स्वरूपमा परिवर्तन देखिएको छ, जहाँ अनुदानको हिस्सा घट्दै गएको छ भने ऋणको हिस्सा तीव्र रूपमा बढेको छ।

आर्थिक वर्ष २०८१र८२ मा वैदेशिक सहायतामध्ये ऋणको हिस्सा ८१.१ प्रतिशत पुगेको छ भने अनुदानको हिस्सा १८.९ प्रतिशतमा सीमित रहेको छ। तुलना गर्दा आर्थिक वर्ष २०७१र७२ मा वैदेशिक ऋण हिस्सा ५७।४ प्रतिशत र अनुदान हिस्सा ४२.६ प्रतिशत रहेको थियो।

मन्त्रालयका अनुसार समग्र वैदेशिक सहायता परिचालन पनि पछिल्ला वर्षहरूमा घट्दो क्रममा छ। पछिल्लो १० वर्षमा वैदेशिक सहायताले कुल बजेटको वार्षिक औसत २१.५ प्रतिशत हिस्सा ओगटेको भए पनि आर्थिक वर्ष २०८२र८३ मा यस्तो हिस्सा घटेर १४.६ प्रतिशतमा झरेको छ।

वैदेशिक सहयोग घट्नुका कारणहरूमा परियोजनाको कार्यान्वयन सुस्त हुनु, समयमै सोधभर्ना नहुनु तथा नगद व्यवस्थापनमा समस्या देखिनु प्रमुख रहेको मन्त्रालयले जनाएको छ। यी कारणले वैदेशिक सहायतामा निर्भरता घट्दै गएको र अर्थतन्त्रमा थप दबाब सिर्जना भएको मन्त्रालयको निष्कर्ष छ।