Dhulikhel Eco Banner new

उच्च अंकले गिरावट आएको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.37K
shares

काठमाडौं, ८ असोज । मंगलबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । शेयर बजार ५८.९३ अंकले घटेर २,४७० को विन्दुमा कायम भएको छ ।

यसदिन १० कम्पनीको शेयर मूल्य बढेको छ र २३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । अधिकांश कम्पनीको घट्दा पनि अप्पर स्याङ्गे हाईड्रोपावरको लगानीकर्ताले सर्वाधिक कमाएको छ । उक्त कम्पनीको यसदिन ७.८३ सर्वाधिक कमाएका छन् ।

एनआईबिएल वृद्धि कोष लगानीकर्ताले ४.८५ सर्वाधिक कमाएका छन् भने इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ४.१४ सर्वाधिक कमाएका छन् । यसदिन नबिल सन्तुलित कोषका लगानीकर्ताले ४.०८ सर्वाधिक कमाएका छन् । साथै सिवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले ४.०२ सर्वाधिक कमाएका छन् ।