Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले वृद्धि, कारोबार रकम खुम्चियो

3.55K
shares

काठमाडौं, ९ असोज । बुधबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४९.१८ अंकले बढेर २,५१९ को विन्दुमा कायम भएको छ ।

यसदिन २२३ कम्पनीको शेयर मूल्य बढेको छ र १८ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम भनने खुम्चिएर ४ अर्ब ८१ करोडको झरेको हो ।

अधिकांश कम्पनीको बढ्दा वीन नेपाल लघुवित्त, न्यादी हाईड्रोपावर, यनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीहरुको यसदिन १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सबैभन्दा धेरै हिमालायन हाईड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको ६.३६ प्रतिशतका दरले घटेको छ ।

बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढेको छ ।