शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ असोज १४ सोमवार १६:०९
shares

काठमाडौं, १४ असोज । सोमबार शेयर बजार उच्च अंकले बढेको छ । अधिकांश कम्पनीको बढ्दा आज सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ९.३६ प्रतिशतका दरले घटेको छ ।
नबिल ब्यालेन्स फन्ड-२ का लगानीकर्ताले ७.२९ प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् भने प्रभु स्मार्ट कोषका लगानीकर्ताले ७.०० प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् ।
त्यसैगरि यसदिन ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१ का लगानीकर्ताले ४.८६ प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् । यसदिन एनएल जी बीमा कम्पनी का लगानीकर्ताले ४.६५ प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् ।

















