Dhulikhel Eco Banner new

बेरोजगारलाई तालिम दिन ३१ करोड ७३ लाख बजेट

4.38K
shares

काठमाडौं, २५ जेठ । सरकारले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्र्किका युवाहरुलाई लक्षित गरेर तीन प्रदेशका १६ जिल्लामा सीपमुलक तालिम दिने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय मार्फत यो कार्यक्रम कायान्वयन गरेर उनीहरुलाई स्वरोजगार बनाउनका लागि ३१ करोड ७३ लाख बजेट समेत विनियोजन समेत गरिएको छ ।

ग्रामीण गरिबी तथा रोजगार सिर्जना आयोजना अन्तर्गत ‘समृद्धि कार्यक्रम’मार्फत् सीपमुलक तालिम दिने सरकारको योजना छ । ग्रामीण क्षेत्रमा रहेका पुराना प्रविधि प्रयोग गर्दै व्यवसायीक सामान उत्पादन गराउने र ग्रामीण क्षेत्रमा उद्यमी बनाउने उद्देश्यले सीपमुलक तथा व्यवसायिक तालिम सञ्चालन गरिने जनाइएको छ ।

आगामी आर्थिक वर्षमा प्रदेश नम्बर १, मधेश प्रदेश र वागमती प्रदेशमा यो कार्यक्रम सञ्चालन हुने बताइएको छ । जसमा प्रदेशक १ का सुनसरी, मोरङ्ग, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, ओखलढुंङ्गा र खोटाङ्ग जिल्लामा व्यवसायिक तालिम सञ्चालन गरिने छ । यस्तै मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र महोत्तरी जिल्लामा तालिम सञ्चालन गरिने छ भने बाग्मती प्रदेशको सिन्धुली जिल्लामा व्यवसायिक तथा सीपमुलक तालिम दिने योजना छ ।