Dhulikhel Eco Banner new

सेञ्चुरी बैंकको संस्थापक शेयर असार १ गतेबाट बिक्रीमा

4.94K
shares

काठमाडौं, २५ जेठ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १ गतेदेखि २ हजार ८१८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको ।

कम्पनीले असार ८ गतेसम्म आवेदन दिन सकिने गरी उक्त शेयर विक्रीमा ल्याउन लागेको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता रू. १०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ ।

आवेदकहरूले यो शेयर खरीदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताको माग गर्नु पर्नेछ । शेयर विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।