Dhulikhel Eco Banner new

बैंकको निक्षेप बढ्दा ऋणप्रवाह घट्यो

4.86K
shares

काठमाडौं, २५ जेठ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा निक्षेप बढ्दा ऋणप्रवाह भने घेटेको छ । २७ वाणिज्य बैंकहरुमा १३ जेठदेखि २० जेठसम्मको अवधिमा ७ अर्बले निक्षेप बढ्दा ऋण प्रवाह भने २ अर्बले घटेको हो ।

१३ जेठमा ४१ अर्ब ९८ अर्ब ऋण प्रवाह गरेका बैंकहरुले २० जेठसम्म आइपुग्दा ४१ खर्ब ९६ अर्ब ऋण प्रवाह गरेका छन् । ऋण प्रवाह जेठको पहिलो साता ४१ खर्ब ९४ अर्ब रहेको थियो ।

यो अवधिमा बैंकहरुले संकलन गरेको निक्षेपमा भने वृद्धि भएको छ । जेठ १३ गते ४३ खर्ब ८३ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २० जेठसम्म आइपुग्दा ४३ खर्ब ९० अर्ब संकलन गरेका छन् । यस्तो निक्षेप संकलन जेठको पहिलो हप्तामा ४३ खर्ब ७७ अर्ब रहेको थियो ।