Dhulikhel Eco Banner new

आयात–निर्यात दुवै घट्यो, नेपाललाई व्यापार घाटा साढे ३ खर्ब माथि

4.41K
shares

काठमाडौं, ४ मंसिर । देशबाट हुने आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

चालु आर्थिक वर्षको ३ महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी ३ खर्ब ९० अर्ब ७५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्धी भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको छ।

यसैगरी चालु आर्थिक वर्षको ३ महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी  ३८ अर्ब ३८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५।३ प्रतिशत, २४।८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ।

व्यापार घाटा साढे ३ खर्ब रुपैयाँ माथि रहेको छ। कुल वस्तु व्यापार घाटामा ४.० प्रतिशतले कमी आई ३ खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.१ प्रतिशतले वृद्धी भएको थियो। निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ।