दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ
वि.सं.२०८१ मंसिर ५ बुधवार १०:५०
2.43K
shares
shares

काठमाडौं, ५ मंसिर । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा प्रहरीले उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई सीआईबीले मंगलबार पक्राउ गरेको थियो ।



















