शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर ९ आइतवार १५:१६
shares

काठमाडौं, ९ मंसिर । शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । शेयर बजार १३.०३ अंकले घटेर २,६६७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ र ८ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ७ अर्ब ७२ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा सेन्चुरी ऋणपत्रका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.७५ प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन महुली लघुवित्तका लगानीकर्ताले ६.३० प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी नेपाल फाइनान्सका लगानीकर्ताले ५.३४ प्रतिशतका दरले गुमाएका छन् भने उन्नती सहकार्य लघुवित्तत्रका लगानीकर्ताले ५.०१ प्रतिशतका दरले गुमाएका छन् ।
े

















