Dhulikhel Eco Banner new

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

2.31K
shares

काठमाडौं, १६ मंसिर । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकको संस्थापक समूहको ३ लाख ६० हजार ८२.४३ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन् भने बाँकी १ लाख ८ हजार १३०.३२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले किन्न पाउनेछन्।

संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको शेयर किन्न इच्छुकले ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।