Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

2.37K
shares

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले मंसिर १६ गते बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्ने भएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ५० अर्ब तरलता तान्ने भएको हो ।

यसका लागि आईतबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १४ दिने निक्षेप संकलन उपकरणको पुस ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।