सिद्धार्थ केबलकारले हकप्रद शेयर निष्कासन गर्ने
वि.सं.२०८१ मंसिर १७ सोमवार १३:२६
3.46K
shares
shares

काठमाडौं, १७ मंसिर । सिद्धार्थ केबलकार लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१२५ अनुपात अर्थात् १ कित्ता शेयर बराबर नयाँ १.१२५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
पुस ४ गतेदेखि मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक शेयरधनीहरूका लागि कम्पनीले १०० रुपियाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।
हकप्रद शेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।



















