Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो वृद्धि, बढ्यो कारोबार रकम

2.17K
shares

काठमाडौं, १७ मंसिर । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.९७ अंकले बढेर २,७५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर १० अर्ब ५४ करोडको कारोबार भएको हो ।

शेयर बजारमा तारागाउँ रिजेन्सी होटल, विशाल बजार र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.७२ प्रतिशतको दरले घटेको छ ।