शेयर बजारमा यी कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर १७ सोमवार १५:१२
shares

काठमाडौं, १७ मंसिर । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.९७ अंकले बढेर २,७५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर १० अर्ब ५४ करोडको कारोबार भएको हो ।
शेयर बजारमा तारागाउँ रिजेन्सी होटल, विशाल बजार र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने अप्पर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् ।



















