शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर १७ सोमवार १५:२१
shares

काठमाडौं, १७ मंसिर । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.९७ अंकले बढेर २,७५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम बढेर १० अर्ब ५४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.७२ प्रतिशतको दरले घटेको छ ।
यसदिन गुरास लघुवित्तका लगानीकर्ताले ७.७३ प्रतिशतका दरले गुमाएका छन् भने वीन लघुवित्तका लगानीकर्ताले ६.०३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका छन् भने एक्सल विकास बैंकका लगानीकर्ताले ४.४१ प्रतिशतका दरले गुमाएका छन् ।



















