Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

2.76K
shares

काठमाडौं, १९ मंसिर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९८ हजार ४९० कित्ता शेयर बिक्रीमा राखेको हो।

शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ।

कम्पनीले हाल उक्त शेयर कम्पनीकै अन्य संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने व्यवस्था गरेको छ।