Dhulikhel Eco Banner new

राष्ट्र बैंकको सहायक निर्देशकको लिखित परीक्षामा १ हजार ८८५ जना उत्तीर्ण

3.86K
shares

काठमाडौं, २४ मंसिर । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको अधिकृत तृतीय श्रेणीको प्रशासनतर्फको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

लोक सेवा आयोगले विज्ञापन नम्बर १२।२०८१ (खुला तथा समावेशी) तर्फको लिखित परीक्षाको प्रथम चरणको नतिजा सार्वजनिक गरेको हो।

राष्ट्र बैंकको सहायक निर्देशक पदको अधिकृत तृतीय श्रेणीको प्रशासनतर्फको प्रथम चरणको लिखित परीक्षा १ हजार ८८५ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन्।

लोकसेवा आयोगले गत मंसिर ७ गते परीक्षा सञ्चालन गरेको थियो। जसमा कुल २ हजार ९६२ जनाले परीक्षा दिएका थिए।

प्रथम चरणको परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूले मात्रै दोस्रो चरणको परीक्षामा सहभागीता जनाउन सक्नेछन्।