Dhulikhel Eco Banner new

सोपान फर्मास्युटिकल्सको २ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

3.12K
shares

काठमाडौं, २४ मंसिर । सोपान फर्मास्युटिकल्सको संस्थापक समूहको अवितरित शेयर बिक्रीमा राखेको छ। कम्पनीले आज मंसिर २४ गतेदेखि संस्थापक समूहको २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले गत असोज १५ गतेदेखि कात्तिक ३० गतेसम्म आफ्ना संस्थापक शेयरधनीहरुलाई चुक्तापुँजी ९९ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २९ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गरेको थियो। सो अवधिमा २६ लाख ७३ हजार ८७८ कित्ताका लागिमात्रै खरिद आवेदन परेको थियो।

इच्छुक विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ।

यसका लगानीकर्ताले आज मंसिर २४ देखि पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन काठमाडौंको तिनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।