Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.46K
shares

काठमाडौं, २६ मंसिर । बुधबार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४५.८८ अंकले घटेर २,७१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २११ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ५ करोडको कारोबार भएको हो ।

हरियाली छाएको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ ।

यसदिन कुथेली बुकरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ९.६२ प्रतिशतका दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.८१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ८.५१ प्रतिशतका दरले कमाएका छन् भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले कमाएका छन् ।