Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.13K
shares

काठमाडौं, २६ मंसिर । बुधबार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४५.८८ अंकले घटेर २,७१५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २११ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ५ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.२२ प्रतिशतका दरले गुमाएका छन् भने महिला लघुवित्तका लगानीकर्ताले ६.२७ प्रतिशतका दरले गुमाएका छन् ।

 त्यसैगरी  आरबिबि म्युचुअल फण्डका लगानीकर्ताले ५.३९ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्तका लगानकिर्ताले ४.६१ प्रतिशतका दरले गुमाएका छन् ।