उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर २६ बुधवार १५:१६
shares

काठमाडौं, २६ मंसिर । बुधबार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४५.८८ अंकले घटेर २,७१५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २११ कम्पनीको शेयर मूल्य बढेको छ भने २९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ५ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.२२ प्रतिशतका दरले गुमाएका छन् भने महिला लघुवित्तका लगानीकर्ताले ६.२७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी आरबिबि म्युचुअल फण्डका लगानीकर्ताले ५.३९ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्तका लगानकिर्ताले ४.६१ प्रतिशतका दरले गुमाएका छन् ।



















