Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

3.65K
shares

काठमाडौं, २७ मंसिर । नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टीचिङ हस्पिटल र मणिपाल कलेज अफ मेटिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्र नेपाल एसबिआई बैंक लि.का प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत, दीपक कुमार देको उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमूख, मिन वहादूर गूरुङ तथा मेडिकल ग्रुपका प्रमूख कार्यकारी अधिकृत, अनिल ओदूभिलबिच सम्पन्न भएको हो ।

सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा मेटिकल ग्रूपका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

यस सम्झौताबाट ग्राहकबर्गले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरुमा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।