सडकमा निर्माणजन्य सामग्री थुपारेको भन्दै २५ हजार जरिवाना
वि.सं.२०८१ मंसिर २८ शुक्रवार १६:२९
shares

काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माणजन्य सामग्री थुपारेको भन्दै एक कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरपालिकाले काठमाडौं महानगरपालिका वडा ३२ मा निर्माणजन्य सामग्री थुपारेको भन्दै पञ्चकन्या इन्जिनियरिङ सोलुसनलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । निर्माणजन्य सामग्री राखी पेटीको टायलमा क्षति पुर्याएको पञ्चकन्या इन्जिनियरिङ सोलुसनमाथि आरोप छ ।
काठमाडौं महानगरपालिकामा जथाभावी फोहोर फ्याल्ने, सडकमा निर्माण सामग्री थुपार्ने, फुटपाथमा पसल राख्ने र जथाभावी पार्किङ गर्न निषेध गरिएको छ । यसैगरी जथाभावी फोहोर फ्याल्ने दानकाजी श्रेष्ठलाई पनि महानगरले नगद जरिवाना गरेको छ । काठमाडौं महानगरपालिका १६ निवासी श्रेष्ठ १० हजार रुपैयाँ जरिवानामा परेका छन् ।



















