Dhulikhel Eco Banner new

घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग

2.09K
shares

काठमाडौं, ३० मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम ट्रेड युनियन फेडरेशनले आगामी पुष १४ गते काठमाडौंमा बृहत्त प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा सम्पन्न फेडरेशनको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।

काठमाडौंमा बसेको आम ट्रेड युनियन फेडरेशनको सचिवालय बैठकले ‘नेपालमा रहेका घरेलु कामदारको पक्षमा कानून ल्याउन तथा विदेशमा रहेका मजदूरलाई ट्रेड युनियनको हक दिलाउन’ सशक्त संघर्ष अगाडि बढ़ाउने गरेको निर्णय गरेको हो ।

उक्त बैठकले पार्टी स्थापना दिवसको अवसरमा सरकारको कर आतंकको विरुद्ध पौष १४ गते काठमाण्ड़ौमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । शिव थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख आतिथी पार्टी अध्यक्ष प्रभु साह, पार्टी वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपमहासचिव धनकुमारी मगर लगायत नेताहरूको पनि सहभागिता रहेको थियो ।

सो बैठकमा अध्यक्ष साहले घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष माग गरेका छन् । नेपालमा अहिलेसम्म घरेलु कामदारको लागि कानूनको उचित प्रवन्ध नगरिएको भन्दै सरकारले ढिला नगरी ती घरेलु कामदारको हकहित रक्षाको लागि कानून ल्याउनुपर्नेमा साहको जोड थियो ।