Dhulikhel Eco Banner new

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कानुन प्रमुखमा अधिवक्ता आनन्दबाबु खड्का नियुक्त

2.38K
shares

काठमाडौं, २ पुस । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कानुन शाखाको प्रमुखमा अधिवक्ता आनन्दबाबु खड्का नियुक्त भएका छन्। कम्पनी व्यवस्थापन समितिले खड्कालाई कानुन शाखाको प्रमुखमा नियुक्त गरेको हो।

खड्काले सोमबारबाट जिम्मेवारी सम्हालेका छन् । खड्का यसअघि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा थिए। त्यहाँ उनी कानुन शाखामा वरिष्ठ प्रबन्धक थिए। उनी मर्जर पश्चात आईजीआई प्रुडेन्सियलमा २०७९ सालमा प्रवेश गरेका थिए। त्यस अगाडि खड्का प्रुडेन्सियल इन्स्योरेन्सको कम्पनी सचिव थिए।

खड्कासँग व्यावसायिक रुपमा कानुन र अनुपालकको भूमिका निर्वाह गरेको करिब डेढ दशकको अनुभव रहेको छ। नेपाल बार काउन्सिलबाट अधिवक्ताको लाइसेन्स प्राप्त गरेका खड्काले एलएलएम बिजनेस एन्ड इन्टरनेसनल ट्रेड ल तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।