Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

3.03K
shares

काठमाडौं, ८ पुस । जीवन विकास लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले २१ लाख ३० हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेको हो।

लघुवित्तका १२ जना संस्थापक शेयरधनीहरूले आफूहरूको शेयर बिक्रीमा राखेका हुन्। शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ। यी शेयर हाल कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्।

संस्थापकबाट ३५ दिनभित्र शेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ।