Dhulikhel Eco Banner new

कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

2.35K
shares

काठमाडौं, ११ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने भएको छ। राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त बैंक घोषणा गरेसँगै नेप्सेले यो निर्णय गरेको हो।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कर्णाली बैंकको शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले कर्णाली बैंकको खराब कर्जा ४० प्रतिशतभन्दा माथि पुगेको भन्दै केही दिनअघि निक्षेप संकलनमा रोक लगाएको थियो। बुधबार (पुस १० गते) राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्त घोषणा गर्दै उपनिर्देशकको नेतृत्वमा व्यवस्थापनका लागि विशेष टोली समेत खटाएको छ।

राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै बैंकको शेयर कारोबार समेत रोक्का हुने  भएको हो। अब बैंकको अवस्था सुध्रिएर समस्यामुक्त भएपछि मात्रै बैंकको शेयर कारोबार खुल्ला हुने छ। हालसम्म कर्णाली डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार हुँदै आएको थियो।